Monday, July 14, 2025

गरुडाको नगरसभा स्थगित, अब शुक्रबार हुने

पछिल्लाे समाचार

रौतहट ०४,असार । गरुडा नगरपालिकाले चालु आर्थिक वर्षको समापन र आगामी वर्षको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्न बोलाइएको नगरसभा एक दिन पछाडि सरेको छ । प्रारम्भमा बिहीवार हुने भनिएको अधिवेशन अब शुक्रबारका दिन हुने गरी सारिएको हो ।
नगरपालिकाका अनुसार अधिवेशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी हुने तय थियो । तर मन्त्री गुप्ताको विशेष व्यस्तता र आकस्मिक कारणले बिहीवार उनको उपस्थिति सम्भव नहुने सूचना प्राप्त भएपछि नगरसभा ६ गते शुक्रबार सारिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा भनिएको छ कि अधिवेशन पूर्वनिर्धारित नगरसभा भवनमै पूर्वनिर्धारित समयमै हुनेछ । नयाँ मितिको आधिकारिक जानकारी सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा सर्वसाधारणलाई दिइसकिएको बताइएको छ ।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा बस्ने नगरसभाले चालु वर्षको समीक्षा, आगामी बजेट नीति तथा कार्यक्रम, योजनाका प्राथमिकता, विकास निर्माणका दिशा, जनसेवा सुधारका उपाय लगायत महत्वपूर्ण एजेन्डाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ । नगरपालिकाले विधिसम्मत, पारदर्शी र उत्तरदायी ढंगले नगरसभा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै, सबैको सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको 
छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु