मुकेश साह, रौतहट ०६ असार । गरुडा नगरपालिकाकाको १३औं नगर सभा भब्यताका साथ शुक्रबार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो । नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२÷०८३ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको पारित गर्नु भएको हो । नगरसभाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिव करिव ७० करोडको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ आयव्यय सहितको बजेट प्रस्तुत गरिएको हो ।नगरप्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता द्वारा दिप प्रज्वलन गरी १३औं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगरपालिकामा जारी कृषी सहुलियत नितीलाई यस बर्ष पनि जारी राखेको छ । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सञ्चारकर्मी,सुरक्षा निकायका पदाधिकारीहरु लगायतका स्थानिय नगरवासीको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन योजना शाखा प्रमुख रामानन्द सहनिले गरेका थिए पनि कार्यक्रममा सोभिलाल सहनीले स्वागत मन्तव्य राखेका थिए ।