Saturday, January 17, 2026

मुटुका बिरामी अधिकारीको उपचारको लागि काङ्ग्रेस नेता पेमासिद्धी लामाद्वारा सहयोग हस्तान्तरण

पछिल्लाे समाचार


निजगढ,०२ श्रावण । मुटु सम्बन्धि रोगबाट ग्रसित निजगढ स्थित लालका लोक नाथ अधिकारीको उपचारको लागि नेपाली काङ्ग्रेस निजगढका नेता पेमासिद्धी लामाको पहलमा आर्थिक सहयोग हस्तान्तरण भएकोछ । स्पेनको मालोर्कामा बस्ने नेपालीहरुद्वारा संकलित १ लाख १ हजार रुपैयाँ लामाले शुक्रबार हस्तान्तरण गर्नुभएकोहो । लामाले लाल स्थित बिरामी अधिकारीको घरमा पुगेर वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठको रोहवरमा सो रकम बिरामिकी बुहारी प्रमिला न्यौपानेलाई हस्तान्तरण गर्नुभएकोहो । मुटु सम्बन्धि रोगबाट ग्रसित अधिकारीको हाल काठमाडौको महाराजगन्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भईरहेकोछ । अधिकारीको उपचारमा आर्थिक अभाव भएपछी परिवारले उपचारमा सहयोग पुर्याउन आह्वान गरेकोथियो । सोही आह्वान बमोजिम समाजसेवी तथा काङ्ग्रेस नेता पेमासिद्धी लामाले स्पेनको मालोर्कामा बस्ने नेपालीहरुको समुहलाई बिरामी अधिकारीको बारेमा जानकारी गराएर उपचारमा सहयोग पुर्याउन आग्रह गर्नुभएकोथियो । अधिकारी बिरामि भएको आफुले थाहा पाएदेखी नै उपचारमा आफुले सहयोग पुर्याउदै आएको र थप आर्थिक सहयोग पुर्याउने उद्धेश्यले आर्थिक स्रोत जुटाएर बिरामीको परिवारलाई हस्तान्तरण गरिएको नेता लामाले बताउनुभयो । लामाले बिरामी अधिकारीको उपचारको लागि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु