Wednesday, February 18, 2026

चन्द्रपुरमा कुकुरको आतंक : एकैदिन दर्जनभन्दा बढी घाइते

पछिल्लाे समाचार

रौतहट ८, भदौ । रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा एक कालो कुकुरले आइतबार दिनभरमा दर्जनभन्दा बढी स्थानीयलाई टोकेपछि त्रास फैलिएको छ । इलाका प्रहरी कार्यालय पछाडिदेखि दुर्गा मन्दिर र कर कार्यालय वरिपरिसम्म सो कुकुरले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालका अनुसार टोकेकामा एकजनाको अवस्था गम्भीर छ । उनलाई रेबिज भ्याक्सिन दिएर थप उपचारका लागि नारायणी अस्पताल बीरगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूलाई अस्पतालमै उपचार भइरहेको छ ।

कुकुर अझै अनियन्त्रित अवस्थामा रहेकाले स्थानीयवासी भयभीत बनेका छन् । कुकुर नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका र सम्बन्धित निकायलाई चाँडो कदम चाल्न सर्वसाधारणले माग गरेका छन् ।


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु