Wednesday, February 18, 2026

चन्द्रोदय साकोसद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहट ३०, साउन । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. (चन्द्रोदय साकोस) ले आफ्ना महिला सदस्यका लागि प्रत्येक वर्ष तीजको पूर्वसन्ध्यामा आयोजना गर्दै आएको तीज विशेष कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम चन्द्रपुर–४ स्थित गोल्डेन पाटी प्यालेसको सभा हलमा आयोजना गरिएको हो।

संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाकी उप–प्रमुख जयमाला चौधरी रहेका थिए । विशिष्ट अतिथि रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेल, राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापा, चार्टर्ड एकाउन्टेन्ट एकराज सिग्देल तथा विभिन्न सञ्चारकर्मीहरुको उपस्थितिमा अतिथिहरूले तीज पर्वको शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा महिला सदस्यलाई ‘चन्द्रोदय माइती’ बनेर दर खुवाउनेदेखि नाचगानमार्फत मनोरञ्जन प्रदान गरिएको थियो । सो कार्यक्रममा करिब ६०० जना महिला सदस्यको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य लेखा समिति सदस्य चन्द्रकला प्याकुरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष रामशरण गौतम र शिक्षा उपसमिति सदस्य उमा शाक्यले गरेका थिए ।

नृत्य प्रतियोगितामा चन्द्रपुर–४ निवासी शेयर सदस्य रंजिता मल्ल प्रथम, चन्द्रपुर–५ निवासी रुपा श्रेष्ठ दोस्रो र चन्द्रपुर–४ निवासी सुप्रिया ढकाल तेस्रो घोषित भए । सान्त्वना पुरस्कार लक्ष्मी दाहाल, सुवर्ण खाती, रत्ना घिसिङ, दिपा उपाध्याय र विमला नेपालीले प्राप्त गरिन।

कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु