Wednesday, February 18, 2026

जंगलसहियामा स्कर्पियोको ठक्करबाट एकजना गम्भीर घाइते

पछिल्लाे समाचार

रौतहट १६, भाद्र । रौतहटमा स्कार्पियोको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा गुजरा नगरपालिका–५ इस्लामपुरका ६० वर्षीय शेख जकाहुल रहेका छ्न ।
निजगढबाट कटहरिया तर्फ जाँदै गरेको स्कार्पियोले
दुधिअवाबाट लक्ष्मीपुरतर्फ आईरहेको मोटरसाइकललाई गुजरा-४ जंगलसहिया चौकमा ठक्कर दिएको थियो ।

कटहरिया नगरपालिका–८ बलुवा टोलका पिताम्वर मिश्राका छोरा अमित कुमार मिश्राले चलाएको बा १६ च ४१६ नम्बरको स्कार्पियोले मोटसाईकललाई आइतबार साँझ करिब ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जकाहुलको बिरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई सिताराम चौधरीले जानकारी दिए । प्रहरीले चालक मिश्रालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु