Friday, November 7, 2025

स्वस्तिक सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट ११,असोज । स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा शुक्रबार चन्द्रपुर–४ स्थित गोल्डेन बैंक्वेटमा सम्पन्न भएको छ। साधारण सभामा २४०७ जना शेयर सदस्यको सहभागिता रहेको संस्थाले जनाएको छ।

कार्यक्रमको उद्घाटन ज्येष्ठ सदस्य सोमु डोल्मो लामाले गर्नुभयो । सभाको अध्यक्षता अध्यक्ष नरेन्द्र बहादुर रानाले गरेका थिए । बाल क्लबका बालबालिकाले सांगीतिक प्रस्तुति दिएका थिए भने सफल सदस्य रिना देवी चौधरीले आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन् ।

आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेश गर्दै अध्यक्ष रानाले हाल संस्थामा ४६९४ जना शेयर सदस्य, १९९५ जना बालबालिका र १५४ बचत समूह रहेको जानकारी दिए । उनका अनुसार संस्थाको कुल पुँजी रु. २७ करोड ३५ लाखभन्दा बढी पुगेको छ । जसमा शेयर पुँजी रु. २ करोड ५५ लाख र बचत रु. १९ करोड ५९ लाख ६२ हजार रहेको छ ।

कार्यक्रम सञ्चालन कर्मचारी सी.पी. पौडेलले गरेका थिए । सहभागीहरूले संस्थाको प्रगति र भावी योजनाबारे सुझावसमेत प्रस्तुत गरेका थिए । समापनमा अध्यक्ष रानाले सहकारीलाई अझ सबल बनाउन सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु