Friday, November 7, 2025

चन्द्रोदय साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न,“स्वर्गीय इश्वरी देवी स्मृति सामाजिक पुरस्कार” स्थापना

पछिल्लाे समाचार

रौतहट २६, असोज । रौतहटको चन्द्रपुर–४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य टिकाराम भट्टराई रहनुभएको थियो ।
सभामा आव २०८१/०८२ को वार्षिक प्रतिवेदन अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको हो ।
सचिव सञ्जय प्रसाद साहले सचिवीय प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य रामचन्द्र शिवाकोटीले गर्नुभएको थियो ।
कार्यक्रममा चन्द्रपुर एकेडेमीका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
त्यस अवसरमा उत्कृष्ट दैनिक बचतकर्ता, कारोवारी सदस्य, मासिक बचतकर्ता र बाल बचतकर्तालाई सम्मान गरिएको थियो ।
सभामा १५३९ जना सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
सभामा अध्यक्ष आचार्यकी स्व. आमा इश्वरी देवी आचार्यको स्मृतिमा “स्वर्गीय इश्वरी देवी स्मृति सामाजिक पुरस्कार” स्थापना गरिएको घोषणा गरिएको छ ।
रु ५० हजारको अक्षयकोषबाट हरेक वर्ष फागुन १५ गते सहकारीको स्थापना दिवसको अवसरमा
समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्वलाई पुरस्कृत गरिने बताइएको छ ।
सभाको अन्त्यमा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै १७औं साधारण सभा सम्पन्न गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु