Wednesday, February 18, 2026

सफल बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न

पछिल्लाे समाचार

रौतहट ३१,असोज । रौतहटको चन्द्रपुर–४ स्थित सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
होटल हिमालयनमा आयोजित उक्त साधारणसभाको प्रमुख आतिथ्य संस्थाकी जेष्ठ सदस्य सावित्री थापाले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष देवकी नेपालले हाल देशभर देखिएको आर्थिक मन्दी र सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूबारे चर्चा गर्दै संस्थाले आफ्ना शेयर सदस्यहरूको निरन्तर विश्वास, पारदर्शिता र प्रतिबद्धताका कारण सन्तोषजनक आर्थिक प्रगति गर्न सफल भएको बताउनुभयो ।
“देशभरका धेरै सहकारीहरू संकटमा परिरहेका छन्, तर हाम्रो संस्था सदस्यहरूको भरोसाका कारण मजबुत रूपमा अघि बढ्न सक्षम भएको छ,” अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले सहकारीहरूले भविष्यमा पारदर्शी, उत्तरदायी र साझा उद्देश्यका साथ अघि बढ्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथी रहनु भएका चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीहरू समुदायको आर्थिक सबलीकरणको प्रमुख आधार भएको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र सदस्यमैत्री सेवा सहकारी सफलताको मुख्य तत्व भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव बिश्वराज रामले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार, संस्थामा हाल १,५१५ जना शेयर सदस्य रहेका छन् ।
गत आर्थिक वर्षमा संस्थाको कारोबार रु. ३२ करोड ८ लाख १० हजार ८९४ पुगेको छ भने सो अवधिमा कुल निक्षेप रु. २४ करोड १० लाख २५ हजार र कुल लगानी रु. २८ करोड ५० लाख ७४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको तुलनामा नाफा समेत वृद्धि भएको जानकारी दिँदै उहाँले आगामी वर्षमा प्रविधिमुखी सेवा, महिला तथा युवा उद्यमशीलता प्रोत्साहन र आर्थिक साक्षरता विस्तारमा विशेष ध्यान दिने योजना रहेको बताउनुभयो ।
साधारणसभामा सहकारीका संस्थापक सदस्य, सल्लाहकार तथा पूर्वअध्यक्षहरूले संस्थाको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र विश्वसनीय सहकारीको रूपमा अघि बढ्न सुझाव दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु