Wednesday, February 18, 2026

सुर्य राईसहित कलाकार टिमले सन्तपुर मेला तताउने

पछिल्लाे समाचार

रौतहट २५,कार्तिक । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा आयोजना भएको ४८ औं समाचकेवा महोत्सव तथा श्री कार्तिकेश कुवर मेला अन्तर्गत आज साँझ साङ्गीतिक धमाका हुने भएको छ।मेलामा रौतहट जिल्ला निवासी गायक तथा सङ्गीतकार सुर्य राई दनुवार, कलाकार तथा मोडल सुमन राज न्यौपाने (ल्याङ्री दादा), कलाकार तथा मोडल उमेश कुमार बराल, नायिका तथा कलाकार एलिना रायमाझि, डान्सर समिता गिरी, लोकदोहोरी गायक अमरदिप बिसी, डान्सर जोशना मगर लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने मेला समितिले जानकारी दिएको छ ।

मेलाका अध्यक्ष कमलेस चौधरीका अनुसार, आजको साङ्गीतिक कार्यक्रम विशेष हुने भएकोले सम्पूर्ण व्यक्तिहरूलाई मेला भ्रमण गर्न आमन्त्रणा गरिएको छ । मेला आगामी २८ गतेसम्म सञ्चालन हुने मेला समितीको भनाई छ ।

साङ्गीतिक प्रस्तुति दिने टिम मेला स्थलमा पुगिसकेको गायक सुर्य राई कमलले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु