रौतहट १५,मङ्सिर । चन्द्रनिगाहपुरमा प्रहरीद्वारा मदिरा नष्टअस्थाई प्रहरी पोस्ट चन्द्रनिगाहपुर बजारले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सवारी चेकजाँचको क्रममा बरामद भएको करिव २०० लिटर घरेलु मदिरा प्रहरीले सोमवार नष्ट गरेको हो । चन्द्रनिगाहपुरबाट गौर जाने रोजि र महाकाल नामक बसमा लुकाईछिपाई लगिरहेको अवैध मदिरा बराम्द गरी नष्ट गरेको प्रहरी नायव निरिक्षक हरिनारायण यादवले बताए ।
बरामद मदिरा प्रहरीले कार्यालय परिसरमा चन्द्रपुर नगरपालिका ६ का वडा अध्यक्ष सहदेव केसी, नगरपालिकाका कर्मचारी सहित सञ्चारकर्मीहरुको उपस्थितिमा नष्ट गरिएको हो ।


