Wednesday, February 18, 2026

बाल निकेतन माध्यमिक बिद्यालयमा खेलकुद सप्ताह सम्पन्न

पछिल्लाे समाचार

रौतहट १६, माघ । बाल निकेतन माध्यमिक बिद्यालय चन्द्रनिगाहपुरको सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शहिद दिबसको अबसरमा आयोजना गरिएको  २१ औं सप्ताह ब्यापी खेलकुद प्रतियोगिता सम्पन्न तथा सम्मान कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बिधालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका संविधान सभा सदस्य रामकुमार भट्टराईले  गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै उनले बिद्यालयमा अध्यनरत बिद्यार्थीको स्मरणशक्ति बृद्धिका लागि खेलतर्फ आकर्षित हुन जरुरी रहेको बताए । उनले सरकारले पढ्दै कमाउँदैको अवधारणा पनि ल्याउनुपर्ने भन्ने भनाई समेत राखे ।

स्कुलका कोर्डिनेटर बिशाल पोखरेलले संचालन गरेको कार्यक्रम सो बिद्यालयका निर्देशक दिपक रेग्मिको सभापतित्वमा भएको थियो । निर्देशक रेग्मीले बाल निकेतन माविले सदैव अतिरिक्त कृयाकलापमा जाेड दिइरहेकाे र आगामी दिनमा यसलाई अझ परिष्कृत गर्दै लैजाने जनाए । कार्यक्रममा अतिथी जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेन्द्र थापा मगरले  खेलकुद केवल शरीर बलियो बनाउन होइन, अनुशासन, आत्मविश्वास, र सहकार्य सिकाउन पनि रहेको बताए । बिधालयले कार्यक्रमका विशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डललाई सम्मानित गरेको छ । चन्द्रपुरको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै उनलाई सम्मानित   गरेको  हो । कार्यक्रममा  खेलकुद सप्ताहमा सहभागी भई उत्कृष्ट  विद्यार्थीहरूलाई समेत सम्मान गरेको छ ।  साथै बिधालयले उत्कृष्ट अभिभावकलाई समेत सम्मान गरेको छ । कार्यक्रमा सेनानी चक्र बहादुर वम,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक रुपेश कुमार झा, संचारकर्मी बालबिक्रम कार्की, साथै बिधार्थी,शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु