मुकेश कुमार साह, रौतहट १९ पुस । शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि गरुडा नगरपालिकाद्वारा वडा कार्यलयमा दाउरा वितरण सुरु गरेको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि नगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तीर्व पारेको हो । डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी नगरको कार्यलयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख कन्थमणी प्रसाद कलवारले जानकारी दिए । चिसोबाट जोगिनका लागि नगरले जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाएको मेयर कलवारले जानकारी दिएका छन् ।
‘अहिले हामीले वडामा दाउरा पठाउने काम गरिरहेका छौ । टोल र चोकमा धुनी बाल्ने गरी वडाअध्यक्षको जिम्मा लगाएका छौ’ नगर प्रमुख कलवारले भने ‘ सचेतना लगायत नगरवासीलाई जाडोबाट बचाउन थप कार्यहरु गर्नेछौ ।’
विभिन्न चौक लगायत गरिब-बिपन्न मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेपछि स्थानीयहरु खुशि भएका छन् ।


