Tuesday, February 17, 2026

चन्द्रपुर–६ शान्तिनगरमा श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव र कलश अनावरण

पछिल्लाे समाचार

रौतहट ०२,फाल्गुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ शान्तिनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा “श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव तथा कलश अनावरण कार्यक्रम” आयोजना हुने भएको छ । जगतगुरु आचार्य श्रीकृष्ण मणिजी महाराजको करकमलबाट मन्दिर शिलान्यास भएको १० वर्ष पूरा भएको अवसरमा विशेष धार्मिक महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
महोत्सव अवधिभर जगतगुरुको पावन सान्निध्यमा मन्दिर उद्घाटन, कलश अनावरण, श्री १०८ तारतम सागर पाठ पारायण, श्रीमद् भागवत कथावाचन, प्रवचन, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा जगतगुरु श्री १०८ सूर्यनारायण दासजी महाराज, श्री १०८ अमृतराजजी महाराज लगायत विभिन्न धामका सन्त–महन्त तथा विद्वानहरूको उपस्थिति रहने जनाइएको छ ।
फागुन ३ गते बिहान ७ बजे कलश शोभायात्राबाट कार्यक्रम सुरु हुनेछ। बिहानदेखि मङ्गल आरती, सेवा–पूजा, योग ध्यान, आध्यात्मिक चर्चा, पाठ पारायण तथा सम्मान कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ सन्ध्या आरतीसहित भजन–कीर्तन र सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
यसका साथै, महोत्सव अवधिभर हरेक दिन विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा आवश्यक जाँच तथा औषधि समेत निःशुल्क वितरण गरिने आयोजक समितिले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु