Sunday, March 29, 2026

रौतहटमा दलित मुद्दामाथि अन्तरक्रिया, जनप्रतिनिधि अनुपस्थित हुँदा आपत्ति

पछिल्लाे समाचार

रौतहट ०७, चैत्र । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा “वर्तमान राज्य व्यवस्थामा दलित मुक्तीको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।चन्द्रपुरस्थित होटल अल्पाईनमा आयोजित उक्त कार्यक्रममा दलित समुदायका अधिकार, वर्तमान अवस्था तथा राज्यको भूमिकाबारे  छलफल गरिएको थियो। कार्यक्रम विभिन्न सरोकारवालाको सहभागितामा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य गणेश पौडेल लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति नरहेको भन्दै सहभागीहरूले आपत्ति प्रकट गरेका छन् । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष जित बहादुरले जनप्रतिनिधिहरूको अनुपस्थितिप्रति आपत्ति जनाउँदै दलित मुद्दाप्रति राज्यको गम्भीरता कमजोर देखिएको टिप्पणी गरे ।

यद्यपि, रौतहट क्षेत्र नं. ४ का सांसद प्रत्यासी रिसी धमला कार्यक्रममा उपस्थित भई आफ्नो धारणा राखेका थिए । उनले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न ठोस पहल आवश्यक रहेको बताए ।

कार्यक्रम अध्यक्ष भैरो महराको अनुपस्थितिमा उपाध्यक्ष जोखन बि.कको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन सुशील बिकले गरेका थिए भने स्वागत मन्तव्य हर्क बहादुर परियारले राखेका थिए ।

कार्यक्रममा दलित अगुवा नाथुराम परियार, पुनित राम तथा रामाज्ञा राम लगायतको  उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले दलित समुदायका समस्या समाधानका लागि स्थानीयदेखि संघीय तहसम्म प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु