Friday, July 19, 2024

अपाङ्गता समाबेशीकरण तथा बिकास अभिमुखी कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट,३१ साउन //

अपाङ्गता समाबेशीकरण तथा बिकास अभिमुखी कार्यक्रम आइतबार चन्द्रपुरको हिमालयन होटलको सभाहलमा सम्पन्न भएको छ ।
नेपाल नेत्रहिन संघको आयोजनामा भएको कार्यक्रममा संघका महासचिव शिशिर खनालले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गहरु लाई मुलधारमा ल्याउन सके अझै बिकासको अनुभुति हुने बताए।
अपाङ्गहरुको जीबनस्तर उकास्न स्वरोजगारमुलक कार्यक्रममा नगरपालिकाको योजना केन्द्रित हुनु पर्नेमा उनले जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले अपाङ्गहरुको सवाल चन्द्रपुर नगरपालिकाले ठोस नीतिका साथ काम गर्ने बताए ।
हरेक नागरिकको उत्थानमा चन्द्रपुर नगरपालिका क्रियाशिल रहेको बताउदै आगामी दिनमा अपाङ्गहरुको हित हुने गरी समावेशीमा चन्द्रपुर नगरपालिकाको नीति रहने जानकारी दिए।
प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले नगरपालिकाको बजेटमा अपाङ्गको सवाल समेटिने बताए।
सो कार्यक्रममा स्वागत मन्तब्य संघका केन्द्रिय सदस्य शिव कुमार चापागाईले राखेका थिए।
यस्तै सचिव कलाधार भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
नेत्रहिन संघका अध्यक्ष सुरेस न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्य गर्दै चन्द्रपुर नगरपालिका बाट अपाङ्गहरुका लागि भबन बनाईदिन उनले आग्रह गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु