Friday, June 21, 2024

अवैध लागुऔषधसहित दुई जना पक्राउ

पछिल्लाे समाचार

रौतहट,१ भदौ //
रौतहट प्रहरीले गएराती अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेका छन्।

जिल्ला अदालतको पछाडी बाट नेपाल बैंक जाने सडकमा प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा १ सय ५ थान लागुऔषध नाइट्राभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरियाले बताएका छन् ।

पक्राउ परेका मध्ये मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने रौतहट एक्सप्रेस नामक अनलाईन समाचारका संचालक हुन्।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने डिएसपी चिमरियाले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु