Tuesday, April 22, 2025

ईशनाथ नगरपालिकामा स्वास्थ्य चौकी अनुगमन

पछिल्लाे समाचार


रौतहट,५ भदौ //

रौतहटको ईशनाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले स्वास्थ्य चौकीको अनुगमन गरेका छन्।

शुक्रवार स्थानिय युवाहरुले स्वास्थ्य चौकीमा औषधीको अभाव भएको र सेवाग्राहीहरुले सहजै औषधी उपचार नपाएको भन्दै नगरपालिकाको कार्यलयमा ज्ञापन पत्र बुझाएपछि गुप्ताले अनुगमन शुरु गरेका थिए ।

स्वास्थ्य चौकीमा औषधीहरुको अवस्था र त्यसको वितरणमा भइरहेको प्रवृत्तिबारे आफुले अनुगमन गरेको गुप्ताले जानकारी दिए।

उनले आम नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरि कृतिम औषधी अभाव नगर्न र सहज रुपमा नगरवासीलाई सेवा प्रभाव गर्न चिकित्सकहरुलाई अनुरोध गरे।

स्वास्थ्य चौकीमा सेवा ग्राहीहरुको भिडभाड हुने गरेका कारण केही औषधीको कमी रहेकोले तत्काल नै कमी भएका औषधी उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत गुप्ताले प्रतिबद्धता जनाए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु