Sunday, May 26, 2024
No menu items!

कोरोना बाट २४ घण्टामा २५ जनाको मृत्यू

पछिल्लाे समाचार

काठमाडौं २२ साउन // नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार ४ सय ९३ जनाको आरटी–पीसीआर गर्दा २४ सय ३० जना र ६ हजार १ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा १२ सय ९९ जना गरी  ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।
  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १० हजार ५ सय ९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ जना रहेको  छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु