Friday, July 19, 2024

गुजरामा आगलागी ,लाखौको क्षति

पछिल्लाे समाचार

रौतहट,१० भदौ //
गुजरा नगरपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।
गएराती गुजरा नगरपालिका वडा नं. ४ पोखरभिण्डाका स्थानिय सुभलाल राम चमारको घरमा आगलागी भएको हो ।
करिब सााढे १२ बजेको समयमा लामखुट्टे भगाउन बालेको आगो एक्कासी घरमा सल्किएपछि आगलागी भएको पिडित परिवारले बताएका छन्।
आगलागीबाट (पशु चोपाया) भैसीं पाडा बिधुत्त मिटर जल्दा करिब ३ लाख मुल्य बराबरको क्षति भएको पिडित सुभलालले बताए।
घर जलेर नष्ट भएपछि आफु समस्यामा परेको र तत्काल राहत सामग्रीको आवश्यक परेको उनले गुनासो गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु