रौतहट २६ साउन //राजदेवी नपा १ का छबिलाल मली डोमको परिवार सोमवार राति सुत्न पाएनन ।
रातभर पानी पर्यो त्रिपालले छोपेको छानाबाट पानी छिरेपछि उनीहरु भिज्दै जाग्राम बसे ।
उनको परिवार जस्तै टोलका १० घर परिवारको लागि बिचल्ली छ ।
जनता आवास कार्यक्रम अन्तर्गत डोम वस्तीका घरहरु समयमा नै निर्माण सम्पन्न नहुदा स्थानिय पिडित छन ।
छबिलाल मली भन्छन ,‘घर आधा बन्यो, भएको फुसको छाना हटाइ पक्की घरमा बस्ने सपना थियो, अहिले रातभर जाग्राम गर्नु परेको छ’ ।
टोलकी चन्द्रिकादेवी मली डोम मंगलवार बिहानै वस्ती छेउमा रहेको बिद्यालयको बरन्डामा खाना पकाईरहेकी थिइन ।
घरमा खाना पकाउने ठाउँ नहुदा उनी बिधालयको बरन्डामा खाना पकाउन बाध्य छिन ।
जनता आवास कार्यक्रमको अन्तरगत निर्माण भैरहेको अधिकाश घरको अवस्था जिल्लाभर अधुरो छ ।
प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गतका घर निर्माण सुस्त गतिमा हुँदा जिल्लाका अधिकांश दलित वस्तीहरु का बासिन्दा पिडित छन ।
रौतहटको गौर, राजदेवी, इशनाथ , चन्द्रपुर, गुजरा लगायतका पालिकाहरुमा निर्माणाधिन घरहरु गुणस्तरीय नरहेको समेत गुनासो छ ।
सरकारले दलित समुदायलाइ जिल्लामा २ कोठे घर ३ लाख ६० हजार रुपैया मा निर्माण गरीरहेको छ ।