Monday, May 19, 2025

चन्द्रपुरको गैडाटार—चन्द्रनिगाहपुरमा सवारी आवतजावमा कठिनाई

पछिल्लाे समाचार

रौतहट,१२ भदौ //
निरन्तर परेको पानीले चन्द्रपुर नगरपालिकाको गैडाटार—चन्द्रनिगाहपुरमा सवारी आवतजावमा कठिनाई भएको छ ।

गैडाटार र चन्द्रनिगाहपुर बिचमा पर्ने चादी नदीमा बाढीको चाप बढेपछि विगत ३ दिनदेखि चन्द्रनिगाहपुरबाट गैडाटार र गैडाटारबाट चन्द्रनिगाहपुरमा सवारी साधनहरु आवतजवतमा अवरोध भएको हो ।

गैडाटारका स्थानियहरु अटो , मोटरसाइकल , भ्यान तथा सुमोका आवतजावत गर्ने गरेका थिए । तर केही दिनदेखि परेको बर्षाका कारण चादी नदीमा आएको बाढीले सवारी साधनहरु खोलामा नै रोकिदै आएको छ ।

गैडाटार र चन्द्रनिगाहपुरको सो चादी नदीमा पुल निर्माण कार्य समयमा नै सम्पन्न गर्न नसकेपछि स्थानियले सास्ति खेप्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु