Thursday, June 13, 2024

चन्द्रपुरमा केराखेती फस्टाउदै

पछिल्लाे समाचार

शर्मिला नेपाल //

रौतहट ३२ साउन ///चन्द्रपुर नगरपालिकाका केही किसानहरु व्यवसायिक केरा खेतीतर्फ आर्कषित हुँदै गएका छन् ।
विगत केहीवर्षदेखि चन्द्रपुर नगरपालिकामा किसानहरु व्यवसायिक केरा खेतीमा लागिरहेका छन् । अन्य खेतीहरुको तुलनामा केरा खेतीबाट बढी आम्दानी हुने भएपछि चन्द्रपुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ वडाका किसानहरुको आकर्षण यसमा बढिरहेको छ ।
चन्द्रपुर नगपालिका आसपास क्षेत्रका किसानहरु केरा खेतीतर्फ उन्मुख भएका छन् । यहाका किसानहरुले अरुको खेत भाडामा लिएर पनि केरा खेती गर्दै आइरहेका छन् । राम्रोसँग उत्पादन भएमा एक विगाहामा खर्च खर्च कटाएर ५ लाखसम्म वार्षिक आम्दानी हुने युवा कृषक अजय चौहान बताउछन् ।

किसानहरुका लागि केरा खेती नगदेबाली र मुख्य आम्दानीको श्रोतका रुपमा स्थापित हुदै गएको छ ।
कम लागत र छोटो समयमै सन्तोषजनक उत्पादन गर्न सकिने केरा खेतीको आम्दानीले जीवनयापन सहज हुँदै गइरहेको किसानहरुको भनाइ छ ।
सुरुमा एकपटक रोपेपछि ६ देखि ८ महिनामा केरा पसाउन थाल्ने र एक वर्षमा बेच्नको लागि केरा तयार हुने किसानहरुको भनाइ छ ।

एक पटक रोपेपछि कम्तिमा ५ वर्षसम्म रोप्न नपर्ने भएकाले केरा खेती गर्न सहज भएको किसानहरुको अनुभव छ ।
यसरी व्यवसायिक केरा खेतीमा लाग्ने कृषकहरुलाई आवश्यक सहयोग, प्राविधिक ज्ञान तथा तालिम, कृषि प्राविधिकको व्यवस्था गरे यो खेती अझै फस्टाउने चन्द्रपुर ३ का अमर बहादुर भण्डारीको गुनासो छ ।
केरा खेति गर्न सजिलो भएपनि मल अभाव,प्रावधिक ज्ञानको कमीले निरुत्साहित बनाउने गरेको चन्द्रपुर ३ का महिला कृषक केन्द्र कुमारीले दुखेसो पोखेका छन ।
व्यवसायिक केरा खेतीमा लाग्ने कृषकहरुलाई आवश्यक सहयोग, तालिम, कृषि प्राविधिकको को सुझावको खाचो रहेको छ ।
धान, गहु, मकै खेतीगर्दा भनेको बेला मल, खाद्य नपाइने, काम गर्ने मजदुरको अभाव, सिंचाइको असुविधाले गर्दा किसानहरु व्यवसायिक केरा खेती मा लाग्न थालेका हुन ।

केरा खेती मा गवारा लगायतका रोग र किराहरुले केरामा नोक्सान पुर्याउने गरेको, बैंक ऋण सहुलियतमा नपाउने र हावाहुरी असिनाले समस्या उत्पन्न गर्ने गरेको छ ।
तीनै तहका सरकारले यसरी व्यवसायिक केरा खेतीमा लाग्ने कृषकहरुलाई आवश्यक सर-सल्लाह तथा यस सम्बन्धि तालिमको व्यवस्था गरे यो खेती अझै फस्टाउने निश्चित छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु