Sunday, May 26, 2024

चन्द्रपुर बजारमा मास्क बितरण

पछिल्लाे समाचार


मुकेश कुमार साह /
रौतहट,३२ साउन //

रौतहटको चन्द्रपुर बजारमा मास्क बितरण गरिएको छ । “सामाज सेवामा समर्पित युवा समुह”को आयोजनामा मास्क नलगाई हिडडुल गर्नेहरुलाई माक्स बितरण गरिएको हो । माक्स लगाउ,कोरोना भाइरस बाट बचौ र बचाउ भन्ने उदेश्य सहित चन्द्रपुर बजारमा किनमेल गर्न आउने देखि चपुर गौर रोडमा आवातजावत गर्ने सर्वसाधारण हरुलाई ५ सय थान माक्स बितरण गरिएको युवा समुहका बलिराम चौधरीले बताएका छन् । कोरोनाको तेस्रो लहर आऊने त्रासका कारण युवा समुहका १० जना युवाहरूको सक्रियतामा माक्स बितरण गरिएको उनले बताए । कोरोनाको जोखिम कम गर्न जिल्ला प्रशासनले भने आज देखि १५ गते सम्म निषेधज्ञा लगाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु