Friday, June 21, 2024

चन्द्रपुर बजार क्षेत्रमा मानसिक सन्तुलन गुमाएका मानिस बढे

पछिल्लाे समाचार

मुकेश कुमार साह //रौतहट १९ साउन //
चन्द्रपुर बजार आसपासमा मानसिक सन्तुलन ठिक नभएका मानिसको सख्या बढेको छ ।
केही महिना अघि सडक मा रहेको त्यस्ता मानिसहरु लाइ नगपालिकाको समन्वयमा एक सस्थाले लगेपनि पुन बजार क्षेत्रमा मानसिक सन्तुलन गुमाएकाहरु द्येखिन थालेका हुन ।
चन्द्रपुर बजारमा अन्य जिल्ला तथा भारत बाट ल्याएर छाडिदिने गरेका कारण यस्ता मानिसको संख्या बढेको हो । उनीहरु बाटोमा जथाभावी बोल्दै हिड्ने , तथाभावी बाटो काट्ने ,वस्त्र नलगाई हिड्ने गरेका कारण बजार क्षेत्रमा समस्या देखिन थालेको छ ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा मात्र एक दर्जन बढी मानसिक सन्तुलन गुमाएका मानिसहरु भेटीन्छन ।
बजारक्षेत्रमा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका कारण स्थानिय पिडित छन भने सवारी दुर्घटना समेत हुने गरेको छ ।
त्यस्ता मानिसक सन्तुलन गुमाएकाहरुले होटलको खानेकुरामा फोहर गरीदिने गरेकाले व्यापारीहरु हैरानीमा छन । सडकमा जथाभावी बस्ने, हिड्ने गर्दा सडक दुर्घटना समेत हुदै आएको छ ।

त्यस्ता मानिसहरु चौक चौतारा, राजमार्ग , प्रतिक्षालयमा बस्ने गरेकाले यात्रु तथा स्थानिय पिडित रहेको चन्द्रनिगाहपुरका व्यापारीहरुको भनाइ छ ।
चन्द्रपुरमा सामाजीक समस्याकै रुपमा यो समस्या देखिएकाले सवै मिलेर समाधानको उपाय खोज्नुपर्ने चन्द्रपुरबासी सामाजीक अगुवाहरुको धारणा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु