Wednesday, May 22, 2024

जनकपुरको पुल्चोक सडकमा मर्मत कार्य शुरु

पछिल्लाे समाचार


धनुषा ,१४ भदौ //
जनकपुरको पुल्चोक सडकमा मर्मत कार्य शुरु भएको छ ।

स्थानीयको चक्काजाम र प्रदर्शनपछि जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय धनुषाले सडक मर्मतको काम शुरु गरेको हो ।

आइतबार सडक मर्मतको माग गर्दै पुल्चोकका बासिन्दाले सडकमा टायर बालेर बाटो नै अवरुद्ध गरेका थिए ।

दिउँसो सम्बन्धीत पक्ष र स्थानीयबासिन्दाबीच सहमति भएपछि सडक चक्कजाम खुलेको थियो।

पहिलो चरणमा बाटोमा बनेको खाल्डो पुरेर पानीको निकास दिई माटो र ग्राभेलको काम गरिने र एक हप्ताभित्र कालोपत्रे, पुल तथा नाला निर्माण सम्बन्धमा छलफल गरि बनाउने सहमति भएको जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु