Tuesday, September 17, 2024

देवाही गोनाहीको एक विधालयका ५३ जना छात्राहरुलाई साईकल वितरण

पछिल्लाे समाचार


रौतहट,१० भदौ //
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ७ प्रेमपुर गोनाहीको एक विधालयमा साईकल वितरण गरिएको छ।
प्रदेश दुई सरकारको “बेटी पढाउ , बेटी बचाउ “अभियान अन्तर्गत मा . वि प्रेमपुर गोनाहीमा ५३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो।
प्रधानाध्यापक राम एकवाल राय यादवको अध्यक्षतामा प्रमुख अथिती प्रदेश दुईका प्रदेश सांसद रौतहट क्षेत्र नं. २ (क) का बिधायक राम किशोर यादव, बिशिष्ट अथिती देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले संयुक्त रुपमा साइकल वितरण गरेका हुन्।
प्रमुख अथिती प्रदेश सांसद यादवले साइकल वितरणले टाढा टाढाबाट विधालय आउने छात्राहरुलाई आवत जावतमा सहज र समयको बचत समेत हुने उदेश्यले वितरण गरिएको बिश्वास व्यक्त गरेका छन् ।

विधालय टाढा भएकाकै कारण कतिपय छात्राहरुले बिचमा नै पढाई छाड्ने गरेको भन्दै त्यस्ता समस्या अन्त्य गर्नको लागि साईकल वितरण गरिएको उनले बताए।
यस्तै बिशिष्ट अथिती नगर प्रमुख पटेलले आफनो नगरपालिकामा शिक्षामा बिषेश लगानी गर्न योजनाहरु ल्याएको बताए ।
प्रत्यक वडाका बिधालयहरुमा शिक्षा सुधार कार्यक्रमको लागि भवनको आवश्यक्ता रहेको र बिस्तारै सबै पुरा गर्ने उनले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु