Thursday, June 13, 2024

नारायणी अस्पतालमा छापामारी

पछिल्लाे समाचार

विरगंज ,३२ साउन //
वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडोको टोलीले छापामारी गरेको छ।
अस्पतालमा करौडौ रकम अनियमितता भएको भन्ने खबर पाएपछि आयोगका उपसचिब विष्णु प्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले सोमवार छापामारी गरेको हो।
केही दिन अघि नारायणी अस्पतालको फार्मेसीमा करिब १ करोड २० लाख रकम हिनामिना भएको भन्ने खबर सार्वजनिक भएपछि अस्पताल अख्तियारको नजरमा परेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानका अनुसार टोलीले अस्पतालको लेखा शाखा, स्टोर र फार्मेसीमा छापामारी गरेर आवश्यक लगत संकलन गर्नुका साथै ।
विगतदेखिको औषधी खरिदको बिल र अन्य महत्वपूर्ण कागजातसमेत नियन्त्रणमा लिएको छ ।
टोलीले फामेर्सी भित्रका कर्मचारीलाई बाहिर जान दिएको छैन भने बाहिरकाहरुलाई भित्र छिर्न दिएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु