Friday, June 21, 2024

नेपालमा ६ लाख ८७ भन्दा बढी कोरोना संक्रमित निको भए

पछिल्लाे समाचार

काठमाडौ २ भदौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४ सय ३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जना कोरोनामुक्त भएका छन् । निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना रहेको छ ।
२४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु