Sunday, May 26, 2024
No menu items!

पर्साबाट अवैध लत्ताकपडा बरामद

पछिल्लाे समाचार


पर्सा,९ भदौ //

पर्सा प्रहरीले भन्सार छलेर ल्याएको अवैध लत्ताकपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट चोरी पैठारी गरी भारतबाट अवैध रुपमा ल्याउदैँ गरेको अवस्थामा बरामद गरेको हो।
सशस्त्र प्रहरीलाई देखेपछि, सामान छोडेर तस्कर फरार भएको बताइएको छ।

बरामद गरिएको सामानको मूल्य ५ लाख १ हजार रुपैयाँ बराबर रहेको र आवश्यक कारवाहीको लागि सो लत्ताकपडा भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु