पर्सा,१५ भदौ //
पर्सा प्रहरीले १२ सय लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्वजनिक यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित सडकमा उक्त परिमाण बराबरको मदिरा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुद्धिजिवि एवम् सञ्चारकर्मीको रोहबरमा सो मदिरा नष्ट गरिएको हो ।