Saturday, October 12, 2024

पुर्व मन्त्रि साहद्वारा महत्वपुर्ण निर्माणधिन पुर्वाधारहरुको निरीक्षण

पछिल्लाे समाचार

सर्मिला नेपाल, रौतहट ११ भदौ । फतुवा विजयपुर नगरपालिका अन्तर्गत निर्माणधिन रहको केही महत्वपुर्ण सिंचाई आयोजना तथा सडक सहरी पुर्वाधारहरुको निरीक्षण गरिएको छ । पुर्व सहरी बिकास मन्त्रि प्रभु साहले शुक्रवार पुर्वाधारहरुको निरीक्षण,अनुगमन र अन्तरक्रिया गरेका छन् । सो पुर्वाधारहरुको निरीक्षण गर्दै साहले अरुवा नदिमा निर्माणाधीन “दुधियवा सिंचाई आयोजना र बुनियाद सिंचाई आयोजना” को कार्य प्रगति सन्तोषजनक रहेको बताएका छन् । यस्तै टेंग्ग्राहा सिंचाई आयोजना , पाँच मौजे सिँचाइ आयोजना र सुलभ सिंचाई आयोजनाहरुको निर्माण कार्यमा अपेक्षाकृत प्रगति नभएको जानकारी दिएका छन् ।

त्यस्तै सडक पूर्वाधारमा खैरा-हिमालिबास-दुधिअवा सडक खण्ड र विजयपुर-फतुवा-सन्तपुर सडक खण्डमा कालो-पत्रेको कार्य सन्तोष जनक देखिए पनि दुधिअवा-बिजयपुर खण्ड र विजयपुर- पेटभार्वा खण्डको निर्माण कार्य अलपत्र परेको देखिएको उनको भनाई छ । साथै सहरी पूर्वाधार अन्तर्गत सितलपुर,बैर्गिनिया,घुसुकपुर र गम्हरिया लगायतका ठाउँमा निर्माण भइरहेको नाला, ढलान र कालोपत्रेको काम ठेक्काको समयाअवधि समाप्त भइसक्दा पनि पुरा नभएको अनुगमनको क्रममा देखिएको छ ।

सो निर्माणाधिन आयोजनाहरुको अवलोकन निरिक्षण पश्चात दुधिअवा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बन्धित निकायका प्रमुख एवम् प्रतिनिधिलाई उपभोगताहरुले कडा आलोचना सहित समयमा काम नगर्ने ठेक्दार र गुणस्तरहीन कार्य गर्ने ठेक्दारलाई तुरन्त कारवाही गर्न उनले माग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु