Sunday, January 19, 2025

बाराका पत्रकार बादशाह माथी कुटपिट

पछिल्लाे समाचार


बारा,१३ भदौ //
बारा जिल्लामा एक पत्रकार माथी कुटपिट भएको छ ।नेपाल पत्रकार महासंघ बाराका सदस्य तथा रेडियो बादलका प्रबन्ध निर्देशक पत्रकार नुरआलम बादशाह माथी कुटपिट भएको हो ।

जिल्लाकै आदर्श कोतवाल गाउंपालिकामा संचालित एम्वुलेन्सको बिषयमा बुज्न खोज्दा उनीमाथि कुटपिट भएको पत्रकार बादशाहले बताएका छन्।

गाउंपालिकाका अध्यक्ष मुस्तुफा अंसारीले एम्वुलेन्सको बिषयमा छलफल गर्न कार्यक्षमा बोलाई गुण्डाहरु लगाएर ज्यान मार्ने उदेश्यले कुटपिट गरेको उनको आरोप छ।

सोहि घटनाको घोर भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ बाराले प्रेस विज्ञप्ति जारि गरेको छ।

समाचार संकलनको क्रममा पत्रकार माथि कुटपिट हुनुले स्वतन्त्रतामाथि ठाडो हस्तक्षप भएको महासंघको ठहर छ।

महासंघले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषी माथि कार्यवाहीको लागि जोरदार माग गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु