बारा,७ भदौ //
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. २ मा नगरपालिका भवनको शिल्यानास गरिएको छ। आज एक कार्यक्रमको बीच सो नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाको आफ्नै भवन बने पछि पालिकाको काम गर्न व्यवस्थित र सहज हुनुका साथै नगरबासिलाई पनि यस बाट सहज लाभ हुने नगर प्रमुख यादवले बताएका छन्। साथै सो कार्यक्रममा सहभागी हुने समस्त नगरकार्यपालिका समिति, कर्मचारी वर्ग तथा नगरवासीहरुलाई नगर प्रमुख यादवले धन्यवाद व्यक्त गरेका छन्।


