Wednesday, May 22, 2024

बारामा खेलाडीहरुलाई क्रिकेट सामाग्री वितरण

पछिल्लाे समाचार

बारा,३ भदौ //
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ का खेलाडीहरुलाई क्रिकेट सामाग्री वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष अमिरिलाल पालले क्रिकेट खेलाडीलाई सामाग्री वितरण गरेका हुन्।

सम्पूर्ण खेलाडीहरुलाई जुत्ता, ब्याट, ग्लोब्स, ब्याटिङ्ग ग्लोब्स, स्टेम्प, बल, किक ब्याग लगायतका क्रिकेट सामाग्री हस्तान्तरण गरेको बताइएको छ।

अध्यक्ष पालले कार्यक्रममा बोल्दै बिश्रामपुर गाउपालिका भरिका १२ वटा क्लबका खेलाडीहरुलाई खेलकूद सामग्री वितरण गर्ने योजना अनुरुप सो खेल सामग्री बितरण गरिएको बताए।

कार्यक्रमका लागि १० लाख गाउँसभा बाट बिनियोजन गरिएको समेत उनले जानकारी दिए।

खेलाडीको मनोबल उच्च राख्न सबै खेलका लागि आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष पालले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु