Wednesday, May 22, 2024

बारा बाट हराएको बाइक रौतहटमा फेला

पछिल्लाे समाचार

मुकेश कुमार साह रौतहट २७,साउन बाराको जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ७ बाट चोरी भएको एक मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ । वडा नं. ७ स्थितमा रहेको ड्रिम्स ताज होटल अगाडीबाट चोरी भएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय विजयपुर रौतहटको टोलीले फतुवा विजयपुर न.पा. वडा नं. ९ खैरा टोलबाट फेला पारेको हो । टोलीले मोटरसाइकल फेला पारि ई.प्र.का. जितपुर सिमराको प्रहरीको टोलीलाई जिम्मा लगाईएको छ । मोटरसाइकलको बिषयमा थप अनुसन्धान पश्चात सवारी धनिलाई बुझाउने गरि जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक बिष्णु बिकले बताए। प्र.२-०३-०१६ प ३९३ नं. को २२० सि.सि. पल्सर मोटरसाइकल साउन २० गते चोरी भएको थियो । लगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको जानकारी गराउँदै खोजिदिन आग्रह गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु