Thursday, September 12, 2024

बालबिवाह नगराउने पण्डीतहरुको प्रतिबद्घता

पछिल्लाे समाचार

महोत्तरी ६ भदौ / बर्दिबास नगरपालिकामा पण्डितहरुले बालविवाह नगराउने लिखित प्रतिबद्धता जनाएका छन् । विवाहको साइत जुराउँदै र विवाहको पण्डित कर्म गर्दै आएका १२ जना पुजारी, पण्डित, पास्टर, लामा र गान्वाले कानुनले तोकेको मापदण्डलाई पालना गर्ने प्रतिबद्धता जनाउँदै बर्दिबासमा आयोजित एक कार्यक्रममा सामूहिक हस्ताक्षर गरेका हुन् ।

जानेर वा नजानेर कयौँ बालबिवाह गराएको स्वीकार गर्दै पण्डितहरुले अबदेखि उमेर पहिचान गरेर मात्र वैवाहिक कर्ममासामेल हुने बताए ।

‘उमेर नपुगेकाहरुले विवाह गर्दा महोत्तरीमा मात्र नभएर प्रदेश–२ मा नै ठूलो सामाजिक र पारिवारिक विचलन आएको छ । अब पण्डितहरुले यसतर्फ खबरदारी गर्ने समय आएको छ’, पण्डित मोतीलाल गौतमले भने ।

बर्दिबास नगरपालिका–५ मा मात्रै गत साल भएका ४२ वटा विवाहमध्ये ६ वटा बालविवाह रहेको सेभ द चिल्ड्रेनले संकलन गरेको एक तथ्यांकमा उल्लेख छ । #न्यूजकारखाना बाट

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु