Sunday, May 26, 2024
No menu items!

भारत बाट बाराका ४ बालिका उद्धार

पछिल्लाे समाचार


बारा,३१ साउन //
३ दिनदेखि बेपत्ता भएका ४ जना बालिकालाई जिल्ला प्रहरी कार्यालय बाराले फेला पारी परिवारको जिम्मा लगाएको छ ।बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकीफुलवरिया टोल बस्ने नरेश साह गोडको ४ छोरीहरू गत साउन २७ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएका थिए। १२ वर्षीय काजल कुमारी, १० वर्षीय आँचल कुमारी, ८ वर्षीय अञ्जली कुमारी र ६ वर्षीय नेहा कुमारीलाई सीमावर्ती देश भारतमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनका अनुसार प्रहरीले जानकारी पाएको २४ घण्टा भित्र भारतको श्रीसियामा फेला पारेपछि भारतीय प्रहरीको समन्वयमा सकुशल उद्धार गरी बालिकाहरूलाई बुवा नरेश साहको जिम्मा लगाईएको मिश्रले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु