Thursday, June 13, 2024

भुमिहिनहरुको फतुवा बिजयपुरमा अन्तकृया

पछिल्लाे समाचार

रौतहट १ भदौ /
फतुवा विजयपुर नगरपालिकामा भुमिहिन सुकुम्बासी हरुको ३ दिने को अर्न्तकृया सम्पन्न भएको छ ।
नगरपालिका भरी रहेको सुकुम्बासी हक अधिकार बारे जानकारी गराउदै विभिन्न गाउँ मा अर्न्तकृया सम्पन्न भएको हो ।
नगरमा दलित को नम्बरी जमिन मा घर नरहेको ,
विद्यालयकी जमिन , साहुको जमिन मा सानो सानो घर बनाइ बासोबस गर्दै आएको सहभागीहरुले बताएका छन ।
नयाँ संविधान आएपनि, जनप्रतिनिधि आएपनि दलित भुमिहिन सुकुम्बासी को अवस्था उस्तै रहेको उनीहरुले गुनासो गरेका छन ।
भुमी सम्वन्धि समस्या आयोग गठन भएपछि भुमिहिन गरीब दलितको अवस्था फेरीन्छ कि भन्ने आशमा रहेकाहरु आयाेग विघटन पछि निराश भएको बताइएको छ ।
सो अर्न्तकृया को आयाेजक हिमन्वति नेपाल
र सहयोगी मा नेपाल राष्ट्रिय भुमि अधिकार मंञ्च रहेको छ । कार्यक्रममा दलित,भुमिहिनका का अगुवाहरु विनाेद माझी , चन्द्रबहादुर थिङ्ग , नथुनि माझी लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु