महोत्तरी,१५ भदौ //
कोरोना महामारीका कारण १७ महिनापछि बन्द रहेको महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट आवतजावत सञ्चालन भएको छ ।
२०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको हो।
जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा गत शुक्रबार, शनिबार र आइतबार करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताएका छन् ।
सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक सवारीहरु पहिलेझैँ आउजाउ गरिरहेको बताइएको छ ।