महोत्तरी ११, भदौ//
महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ।
बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा सयौँ घर डुबानमा परेको हो।
बाढी गाउँ पसेको र वस्तीमा पस्दा झण्डै नौ सय घरपरिवार डुबानमा परेको महोत्तरी प्रहरीले जनाएको छ ।
बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएर बाढी बस्तीमा पुगेको हो।
बाढीले घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन् l
जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताएका छन् ।
दुई दिनदेखि लगातार पानी पर्दा बाँध भत्किए पछि जनजीवन प्रभावित भएको छ ।