Friday, June 21, 2024

मेगा बैंक को शाखा चन्द्रनिगाहपुरमा

पछिल्लाे समाचार

रौतहट ३१ साउन // मेगा बैंक नेपालले आइतबार रौतहटको चन्द्रनिगाहपुरमा सहित पाँच वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
रौतहटको चन्द्रपुर ४ स्थित चन्द्रनिगहपुर चोक , मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक, उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाट, चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका–६ गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

ती शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिएका छन् ।
मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ ।
नया सहित मेगा बैंकको देशभर १ सय ९० वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु