Thursday, June 13, 2024

म्याद गुज्रिएको सामान बिक्री गर्ने व्यापारीलाइ तिरायो जरिवाना

पछिल्लाे समाचार


सप्तरी,१२ भदौ //
म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने एक व्यापारी लाई सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले जरिवाना तिराएको छ।

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा अजय कुमार मण्डलको नेतृत्वमा खटिएको अनुगमन टोलिले बिष्णु किराना पसलमा छापामारी गर्दा म्याद गुज्रिएको सामान फेला परेपछि संचालकलाई २० हजार जरिवाना गरेको हो ।

अनुगमनको क्रममा बिष्णु किराना पसलबाट खाने तेल, पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामान बरामद् भएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहका अनुसार पहिलो पटक जरिवाना तिराई सचेत गराउँदै छाडेको हो । उनले फेरि पनि यस्तै पाईएमा कानुन बमोजिम कार्यवाही गरिने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु