रौतहट २२ साउन //
रौतहटमा खोप अभियान संचालनको लागी साउन २५ देखी ३२ गते सम्म तालिका सार्वजनिक गरीएको छ ।
चन्द्रपुर,गढीमाई कटहरिया नगरपालिका अन्र्तगत ६ वटा खोप केन्द्रबाट साउन २५ गते देखी २७ गते सम्म खोप लगाउने निर्णय भएको छ ।
यस्तै गुजरा,बृन्दावन ५ केन्द्र ,फतुवाबिजयपुर ,देवाहीगोनाही नगरपालिका अन्र्तगत ५ ,गढीमाइ ६ कटहरीया ६ वटा खोप केन्द्र गरुडा नापामा ९ वटा खोप केन्द्र र मौलापुरमा ४ वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
दोस्रो चरणमा गौर नगरपालिकामा ९ वटा खोप केन्द्र ,राजदेवीमा ७ , माधवनारायण ८ , ईशनाथ र परोहामा ६–६ वटा खोप केन्द्र ,दुर्गाभगवती,राजपुर,बौधीमाई र यमुनामाई मा ५–५ वटा खोप केन्द्र मार्फत साउन ३० गतेदेखी ३२ गते सम्म खोप व्यवस्था गरीएको छ ।
बैदेशिक रोजगारीमा जाने रौतहटका नेपाली नागरिकहरुले पासपोर्ट तथा भिसाको फोटोकपी लिएर साउन २२ गते शुक्रबार तथा साउन २९ गते खोप लगाउने व्यवस्था जिल्लाको सवै खोप केन्द्रहरुमा व्यवस्था मिलाएको समेत जानकारी दिएको छ ।