रौतहट ५ भदौ ।रौतहटका चार स्थानिय तहहरुले बिधालयको दिवाखाजाको रकम लकडाउनमा पनि निकासा गरेर अनियमितता गरेको पाइएको छ ।
कोरोनाका कारण २०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई खाजाको लागि रकम निकासा गरेका छन ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४१ वटा स्थानीय तहले देशभर रकम निकासा गरेको पाइएको छ । ४१ मध्य १० वटा रौतहट लगाएत प्रदेश २ का स्थानिय तहहरु रहेका छन ।
दिवा खाजा को रकम अभिभावकलाई नगद वितरण गर्ने व्यवस्था नहुदा पनि रौतहटको परोहा नगरपालिकाले अभिभावकलाई नगद बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। सो रकम अभिभावकले बुझेको भरपाइ छैन /
रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख,गरुडा नगरपालिकाले ७७ लाख ,दुर्गा भगवती गाउँपालिका ले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका ले ७४ लाख ९९ हजार रकम निकासा गरेको पाइएको छ ।
बिधार्थी हाजिर सख्या बिषयमा छानबिन गरि बढी भुक्तानी रकम असुल गर्नुपर्ने महालेखाको सुझाव छ ।