Friday, May 24, 2024

रौतहटमा मुसहरहरु संगठित हुदै

पछिल्लाे समाचार

रौतहट ३०,साउन// नेपाल राष्ट्रिय मुसहर संघ रौतहटको संगठन बिस्तार गरिएको छ । शनिवार गुजारा नगरपालिका ८ जगैलियामा ११ सदस्य रहने गरि संघको गाउ कमिटि गठन गरिएको हो ।

दरोगा माझीको अध्यक्षता रहने गरि गठन भएको कमिटिमा रामबहादुर माझी उपाध्यक्ष , भराेसि माझी सचिव लगायतका ११ सदस्य चयन भएको छ ।

भेलामा सहभागी मुसहरहरु

नेपाल राष्ट्रिय मुसहर संघ रौतहटका अध्यक्ष बिनोद माझीको सभापतित्वमा भएको कार्यक्रममा अकलु माझी,चुलाइ माझी,प्रकास माझी लगायतका मुसहरका वक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षा ,स्वास्थ ,रोजगार नागरिकताको विषय मा छलफल गरिएको संघका रौतहटअध्यक्ष माझीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु