Monday, October 7, 2024

रौतहट संगै देश भर आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

पछिल्लाे समाचार


रौतहट,१४ भदौ //
रौतहट संगै देश भर आज श्रीकृष्ण जन्माष्टमी पर्व पूजा–आराधना गरी मनाइँदै छ । देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।
भगवान श्री विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ ।
त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भनिन्छ ।
श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता रहेको छ ।
रौतहट जिल्लाका बिभिन्न स्थानमा रहेका कृष्ण मन्दीरमा आज मेला लाग्ने गरेको छ ।
यस्तै चन्द्रपुर ९ मा रहेको निजानन्द धाम नजरपुर ,सन्तपुर स्थित कृष्ण प्रणामी मन्दीरमा बिषेश मेला लाग्ने गरेको छ ।
आज परेको जन्माष्टमीको अवसरमा सरकारले सार्वजानिक बिदा दिने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु