Monday, June 24, 2024

लालबन्दीमा तिन दिनदेखि बेपत्ता युवतीको शव फेला

पछिल्लाे समाचार

सर्लाही,२ भदौ //
लालबन्दी नगरपालिका–१७, रानिगन्जमा तीन दिनदेखि बेपत्ता युवतीको शव फेला परेको छ। रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल गत साउन ३१ गते रातीदेखि बेपत्ता भएकी थिइन्। मंगलबार युवतीको शव घरदेखि करिव ३ किलोमिटरपर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ। मंगलबार राति युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक युवतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको बताइएको छ। घटनामा संलग्न भएका लालबन्दी १७ मा नै बस्ने स्थानीय अनिल दाहाल र कृष्ण साहलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन्। पक्राउ परेका दुबै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको बुढाथोकीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु