Wednesday, May 22, 2024

वीरगञ्जमा बेवारिसे ट्रकबाट गाँजा बरामद

पछिल्लाे समाचार

रौतहट,१८ श्रावन// वीरगञ्जमा सशस्त्र प्रहरीले बेवारिसे ट्रकबाट २१ किलो गाँजा बरामद गरेको छ। आइतबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको बेवारिसे गाँजा बरामद गरेको हो ।सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिएका छन्।उनका अनुसार मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले गाँजा बरामद गरेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु