Monday, June 24, 2024

संकल्प साकोसका सदस्यलाइ सिभिल अस्पतालले छुट दिने

पछिल्लाे समाचार

चन्द्रपुर २२ साउन //रौतहटको चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटल चन्द्रपुर बिच सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५ प्रतिशत छुट र अन्य सेवामा २० प्रतिशत छुट पाउने सम्झौता भएको छ ।
त्यस्तै न्युन आय भएका सेयर सदस्य हरुलाई सबै सेवामा ५० प्रतिशत छुट पाउनेछ्न ।
शुक्रबार संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल र सिभिल हस्पिटलका प्रशासकीय अधिकृत राजन कुमार साह बिच सम्झौता भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु